आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरले ल्यायो५ अर्ब ७४ करोडको बजेट

Bharatpur

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको ११ औँ अधिवेशन तथा नगर सभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन्।

आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको छ । जसमा आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ रहने छ । चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ छ । जसमा आन्तरिक आय ९७ करोड रुपैयाँ प्राप्त भएको छ ।

अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने नकुहिने फोहोर छुट्टाएर सङ्कलन गरिने पनि मेयर दाहालले बताइन् । महानगरमा तत्काल तीन वटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाट धामसम्म ज्येष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...