अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

Earth quake logo

काठमाडौँ । अफगानिस्तानमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ६.१ रेक्टर स्केलको धक्का गएको हो ।

भूकम्प दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर ९२७ (माइल )टाढा रहेको र ५१ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्पले अफगानिस्तान र पाकिस्तानका केही भागलाई हल्लाएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेको छ।

यसबाहेक मलेसियाको क्वालालम्पुरबाट ५६१ किलोमिटर पश्चिममा बिहान १२ बजेर ३८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...