प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण बारे संसदीय समितिमा जवाफ दिने

Sher bahadur deuwa 15

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमण बारे संसदीय समितिमा जवाफ दिने भएका छन । प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले जवाफ दिने भएका हुन ।

बैठकले एसपीपीबारे सरकारको निर्णय र छलफलको एजेण्डा राखिएको छ । शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।

यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल भइसकेको छ ।

समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...