युक्रेनको युद्धमा १० हजारबढी नागरिकको मृत्यु भएको संयुक्तसंघको दावी

Ukrine

एजेन्सी : युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिककाे मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ । राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिकाको संख्या रहेको उल्लेख गरेको हाे ।

साेही प्रतिवेदन अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार ५ सय ९ जना नागरिकको मृत्यु भएको थियो भने पाँच हजार ५ सय ८५ जना घाइते भएका थिए ।

जसमध्ये मृत्यु हुनेमा २ सय ९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ । अधिकांश नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो । रुसले आक्रमणका क्रममा तोप, मिसाइल र हवाई हमला गर्दा धेरै नागरिक विस्फोटमा परेको जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...