गण्डकी प्रदेश सरकारले ल्यायो ३६ अर्ब ९० करोड ९० लाखको बजेट

Gandaki province 20220407101653

काठमाडौँ । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । बजेटले स्वास्थ्यसँगै कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको मन्त्री बरालले जानकारी गराए ।

बजेट निर्माण गर्दा नेपालको संविधानमा समाविष्ट मौलिक हक, राज्यका नीति तथा निर्देशक सिद्धान्त, पञ्चवर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाका लक्ष्य तथा उद्देश्य, दीगो विकासका लक्ष्य, गण्डकी प्रदेशको मध्यकालीन खर्च संरचना, प्रदेश सरकारको नीति तथा कार्यक्रम राजनीतिक दलले घोषणापत्रमार्फत जनतासमक्ष गरेका प्रतिबद्धतालाई आधार मानिएको उनले बताए ।

आगामी आर्थिक वर्षका लागि विनियोजित रकममध्ये चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार ९३६.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्ब १४ करोड एक लाख ४६ हजार ९६१.६६ प्रतिशत० र वित्तीय व्यवस्थातर्फ ५० करोड९१.३९० प्रतिशत रहेको उनले जानकारी दिए ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ११ करोड १० लाख ९५.८८ प्रतिशत रहेको उनले जानकारी दिए । आगामी आर्थिक वर्षमा एक करोड ८८ लाख ३८ हजार सञ्चितकोषमाथि व्ययभार हुने अनुमान गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...