डब्ल्यूएचओको महानिर्देशकमा टेड्रोस अधानम गेब्रेयेसस पुनः निर्वाचित

Tradosh

काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको महानिर्देशकमा ट्रेड्रोस अधानम गेब्रेयेसस पुनः निर्वाचित भएका छन्। डब्ल्यूएचओका सदस्यहरुले उनलाई पुनः पाँच वर्षको कार्यकालका लागि महानिर्देशकमा चयन गरेका हुन्।

विश्व स्वास्थ्य सभाका अध्यक्षले टेड्रोस पुनः महानिर्देशकमा निर्वाचित भएको जानकारी दिएका हुन्। डब्ल्यूएचओको प्रमुखमा टेड्रोस एकमात्र उम्मेदवार भएकाले उनी पुनः निर्वाचित हुनुलाई एक आधिकारिकताको रुपमा मात्र हेरिएको छ।

इथियोपियाको पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका ट्रेड्रोसले कोभिड–१९ को कठिन परिस्थितिमा पनि डब्ल्यूएचओको नेतृत्व गरेका थिए। पुनः महानिर्देशकमा निर्वाचित भएसँगै टेड्रोसले अब डब्ल्यूएचओले आपतकालीन तयारी र संस्थाको सुधारमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए।

कोरोना महामारीले विश्वलाई एउटा पाठ सिकाएको र त्यसैलाई ध्यानमा राख्दै आगामी दिनमा कुनै पनि समयमा आइपर्न सक्ने कठिन अवस्थाको लागि तयार रहने टेड्रोसको भनाइ छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...