अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ बालबालिका मारिए, अमेरिकी झण्डा ३ दिन आधा झुकाइने

Texas attact

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको एक विद्यालयमा गोली चल्दा एक शिक्षक र कम्तिमा १८ जना विद्यार्थी मारिएका छन् ।

सात देखि १० वर्षका बालबालिकाहरू अध्ययन गर्ने एक प्राथमिक विद्यालय (रब एलिमेन्ट्री स्कूल)मा बन्दुकाधारीले गोली चलाउँदा १८ बालबालिका र एक शिक्षककोे मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

घटनापछि दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् । टेक्ससका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणकारी १८ वर्षीय ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । गभर्नर याबटले सो स्कूल पुग्नुअघि बन्दुकधारीले आफ्नी हजुरआमालाई समेत गोली हानी हत्या गरेको विवरण सार्वजनिक भएको बताएको समेत बीबीसीले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...