११ हजार मत गन्न बाँकी हुँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी

Renu dahal chitrasen adhikari

भरतपुर । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गणना गर्न बाँकी छ । सम्पूर्ण मत गणना भइनसक्दै भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएकी छन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

दाहाल र सुवेदीको मतान्तर ११ हजार ४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो । उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका अधिकारी झनै फराकिलो मतान्तरमा छन् । अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत आएको छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको हुँदा उपमेयरमा चित्रसेन अधिकारी पक्का भएका छन् ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहे पनि एक लाख २७ हजार ८३९ ले मतदान गरेका थिए । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले सकेसम्म सोमबार रातभरमा गणना सक्ने तयारीमा रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...