भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनावग्रस्त

Matgadana

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो ।

 एमालेको दवावपछि प्रहरीले उनलाई केहीबेरमा छाडेपनि तनाव जारी रहेको छ । तनावको माहोलको फोटो तथा भिडियो खिच्ने क्रममा एमालेका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । उनीहरुले ग्यालेसी टिभीको बुम खोस्दै क्यामेराबाट छायाँकनमा समेत अवरोध गरेका छन् ।सञ्चारमाध्ययमले अनावश्यक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै एमाले कार्यकर्ता लक्ष्मी खत्रीलगायतले दुर्व्यवहार गरेका हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...