भारतको बिहारमा आँधी, वर्षा र चट्याङमा परी एकैदिन ३३ जनाको मृत्यु

Strome

काठमाडौँ । भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको रिपोर्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् । मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारका लागि चार लाख भारुको आर्थिक मद्दतको घोषणा गरेका छन् ।

मुख्यमन्त्री कार्यालयको तर्फबाट भारी वर्षा र आँधीका कारण भएको क्षतिको विवरण लिइएको र प्रभावित परिवारलाई मद्दत गरिने जानकारी दिएको छ । मोदीले शुक्रबार प्राकृतिक विपत्तिमा परी मानिसको मृत्यु भएकोमा अफसोस जताएका छन् ।

मोदीले आफ्नो ट्विटर अकाउन्टमा स्थानीय प्रशासन राज्य सरकारको निगरानीमा राहत र उद्धारकार्यमा जुटेको जानकारी दिए । पटनाको मौसम विभाग केन्द्रले अबको दुई दिनमा बिहारका भिन्न भिन्न इलाकामा तेज गतिमा हावा चल्ने पूर्वानुमान जारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...