श्रीलंकामा फेरि आपतकालको घोषणा

Srilanka

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।

सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।

श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीव्र अभावले २ करोड २० लाख जनसङ्ख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ ।
सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।

प्रतिकृया दिनुहोस