सभापति शेरबहादुर देउवासँग बागी उम्मेदवारले यसरी पोखे आक्रोश

Deuba d5qj9jvr1u

काठमाडौं। नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरुले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका जगन्नाथ पौडेल पार्टी सभापति देउवासँग बढी आक्रोसित बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’

देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर, उनी फकिएनन् । बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै काँग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

सभापति देउवासँग अर्का बागी उम्मेदवार विमल कार्की पनि निक्कै रुष्ट बनेका छन् । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका कार्कीले देउवाले कांग्रेसका इमान्दार कार्यकर्ताको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन् ।

उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन् । सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए ।

अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए । शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...