न्युयोर्क गोली काण्डः १० घाइते, पाँचको अवस्था गम्भीर

Newyork shoot

एजेन्सी । न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए ।

‘बन्दुकधारीहरूले दुई ओटा क्यानिस्टर खोलेपछि पछि सबवेमा धुवा फैलिएको थियो । रेल ३६औं स्ट्रीट स्टेसनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुहरूलाई गोली हाने’, न्युयोर्क शहर प्रहरी आयुक्त किचान्त सेवेलले भने ।

नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमण लगत्तै उनी फरार छन । संदिग्ध ६२ वर्षीय एक पुरुषको खोजी भइरहेको प्रहरीलाई उद्धृत गर्दै युरो न्युजले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...