सर्वोच्चको फैसला स्वीकार्छु तर विपक्षीको सरकारलाई मान्यता दिन्न : प्रधानमन्त्री खान

Imran khan

इस्लामावाद  ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको बीबीसीले जनाएको छ। अमेरिकाले आफूलाई हटाउन खोजेको उनको आरोप छ । यद्यपि वासिन्टनले भने अस्वीकार गरेको छ ।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो । सर्वोच्चले संसद पुनर्स्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...