कंगोमा विद्रोहीले गरेको आक्रमणमा एक नेपाली सैनिक घाइते

Nepal army logo

काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते भएका छन् ।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...