रेल चढेर युक्रेनको राजधानी पुगे ३ देशका प्रधानमन्त्री, जेलेन्स्कीको गरे प्रशंसा

Europian leaders in ukraine

काठमाडौं । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरे जहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् ।

तीन देशका प्रधानमन्त्री रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको बीबीसीले जनाएको छ । गत महिना रुसको आक्रमणपछि युक्रेनमा कुनै विदेशी नेताको यो पहिलो भ्रमण हो । उनीहरुले भेटिरहेको बेलामा किएयमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकी, स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्सा र चेक गणतन्त्रका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

जेलेन्स्कीसँगको भेटमा उनीहरुले युक्रेनले गरेको प्रतिवादको प्रशंसा गर्दै यो लडाइँमा आफूहरु युक्रेनको साथमा रहेको बताएका थिए । जेलेन्स्कीलाई भेटेपछि चेक गणतन्त्रका प्रधानमन्त्री फियालाले ट्वीटरमा लेखेका छन्, ‘हामी तपाईंहरुको लडाइँको प्रशंसा गर्छौं । तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लो हुनुहुन्न ।’

चेक प्रधानमन्त्री पेत्र फियालाले भने, 'तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ । तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ ।' उनले थपे, 'हामी तपाईंको साहसको प्रशंसा गर्छौं र हामी थप सहायता र समर्थन प्रदान गर्न जारी राख्नेछौं । युक्रेनका जनताको साथमा युरोप उभिएको छ ।'

यसैगरी पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तो नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...