रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

Us journalist killed

काठमाडौं । रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।

युक्रेनको इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।

इरपिनमा युक्रेन युद्धको समाचार संकलन गरिरहेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुले पुष्टि गरेका छन् । गोली लागेर उनका साथी घाइते भएका छन् ।

ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस