जासुसी गर्दागर्दै भ्यादिमीरसँग प्रेममा परेकी यी महिला, रुस–युक्रेन युद्धमा पुटिनको आलोचना

Noname aaliya 1

काठमाडौं । रुसकी पूर्व महिला जासुस आलिया रोजाले राष्ट्रपति भ्यादिमीर पुटिनको आलोचना गरेकी छन् । युक्रेनमाथि आक्रमण गरेर पुटिनले गलत गरेको तर्क गर्दै आलियाले युक्रेनी जनताले निरन्तर प्रतिवाद गर्ने विश्वास लिएकी छन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार ३७ वर्षीया आलिया सबैभन्दा कम उमेरमा रुसी सेनामा जासुसका रूपमा कार्यरत महिला हुन् । उनले उच्च पदमा रहेका पुरुषलाई प्रभावमा पारेर गोप्य सूचना लिने गरेकी थिइन् ।

उनले भनिन्, ‘हामीलाई तालिममा पुरुषलाई बहकाउमा कसरी पार्ने भनेर सिकाइन्थ्यो । कसरी मानसिक रूपले प्रभावित पार्न सकिन्छ, कसरी कुराकानी गर्नुपर्छ भन्ने सिकाएर गोप्य जानकारी लिन लगाइन्थ्यो ।’

तालिम लिएर काम गर्ने क्रममा एक दिन गोप्य सूचना लिन प्रभावमा पारेका व्यक्तिसँगै आलिया प्रेममा परिन् । उनले भनिन्, ‘म प्रेममा परेको व्यक्तिको नाम भ्यादिमीर थियो । मलाई संकट परेका बेला जोगाएको थियो ।’ तर पछि भ्यादिमीरको हत्या गरिएको थियो ।

उनले युक्रेनसँगको युद्धमा पुटिन जे पनि गर्न सक्ने बताएकी छन् । ‘पुटिन युद्ध हार्न सक्दैनन्, न त युद्ध रोक्न नै,’ उनले भनिन् । तैपनि उनी युक्रेनमाथि रुसी आक्रमणको विरोध गरिरहेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...