रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण

Russ vs ukrin

काठमाडौं । रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन् । शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा आक्रमण गरेको हो । आक्रमणबाट औद्योगिक र आवासीय क्षेत्रमा ठूलो क्षति भएको छ ।

बीबीसीले उल्लेख गरे अनुसार लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखाना थिए । शुक्रबार एकसाथ नीप्रोमा तीन स्थानमा विस्फोट भएको छ । नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। त्यहाँका स्थानीय जनप्रतिनिधिले सुरक्षित बस्न आह्वान गरेका छन् ।

उता रुसी समाचार माध्यमले भने शुक्रबार नै पश्चिम सहर इभानो फ्रान्किभिस्कमा आक्रमण भएको दाबी गरेका छन् । रुसी आक्रमणका कारण अहिलेसम्म युक्रेनबाट २५ लाख बाहिरिएका छन् ।

पटकपटक वार्ताका प्रयास भए पनि सफल हुन नसक्दा युद्ध लम्बिदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...