रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

Ukren rus barta 26

काठमाडौं । रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो ।

रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो व्यवहार गरेको उनको भनाइ छ ।

यता युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले भने मानवीय सहायतका मुद्दामा समाधान खोज्ने प्रयास भएको बताएका छन् । पुनः भेट गर्नेगरी पहिलो चरणको छलफल सकिएको उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी विदेशमन्त्री कुबेलाले युद्ध अन्त्यका लागि यस्ता भेटलाई जारी राख्ने बताएका हुन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...