युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

Ukraine modi

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् ।

युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो ।

युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमबार दुई नेताबीच वार्ता हुन लागेको हो ।

युक्रेनी सहर सुमीमा रहेको मेडिकल कलेजको होस्टेलमा फसेका विद्यार्थीहरूलाई हिजो भारतीय दूतावासले ‘छोटो सूचनामा छोड्न’ भनेको थियो । विद्यार्थीहरुलाई सुरक्षित ढंगले उद्दारको संयोजन गर्न पोल्ताभामा अधिकारीहरुको समूह तैनाथ गरिएको छ ।

युद्धग्रस्त क्षेत्रबाट विद्यार्थीहरुको उद्दार अधिकारीहरुका लागि चुनौतीपूर्ण मानिएको छ । चिसोका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । केही विद्यार्थीले जोखिम मोलेर रुसी सीमामा पुग्ने निर्णय गरेको भिडियो सेयर गरेका छन् । तर, सरकारले उनीहरुलाई अनावश्यक जोखिम नमोल्न सुझाएको छ ।

आफ्ना ७०० विद्यार्थीलाई युद्ध प्रभावित क्षेत्रबाट खाली गर्नका लागि उत्तरपूर्वी युक्रेनी सहरमा युद्धबिराम गर्न भारतले युक्रेन र रुसलाई अनुरोध गरेको छ । फेब्रुवरीको अन्त्यतिर रुसी सेनले युक्रेनमा अतिक्रमण गरेपछि उनीहरु त्यहाँ फसेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...