विश्वकै सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा ध्वस्त

Ukraine war 16

काठमाडौँ । संसारको सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।

एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सिएनएनले उल्लेख गरेको छ ।

राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो विमानमा आक्रमणमा परेर ध्वस्त भएको छ ।

युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम राखिएको उक्त जहाजलाई ध्वस्त पारे पनि रुसी आक्रमणले युक्रेनको सपना ध्वस्त पार्न नसकिने युक्रेनी परराष्ट्रमन्त्री डिम्रिटो कुलेभाले सामाजिक सञ्जालमा लेखेका छन् ।

एन्टोनोभ कम्पनीले जारी गरेको ट्विटमा सो विमान ध्वस्त भएको भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जनाएको छ । कम्पनीका अनुसार विज्ञहरुले निरीक्षण नगरेसम्म प्राविधिक अवस्थाबारे भन्न सकिँदैन ।

युक्रेनमा सैन्य कारबाही सुरु भइसकेपछि हालसम्म रुसी सेनाले २५४ ट्यांक र अन्य बख्तरबन्द गाडी, जमिनमा रहेका ३१ विमान, ४६ वटा रकेट लञ्चर सिस्टम र १०३ वटा आर्टिलरी र मोर्टार ध्वस्त बनाएको उनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...