युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट, युरोपेली युनियनद्धारा रुसविरुद्ध कडा प्रतिबन्ध

Ukrean 13

काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।

यस्तै, बीबीसीका अनुसार राजधानी किभमा शुक्रबार एउटा रुसी विमान खसालिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको युक्रेनी अधिकारी एन्टोन हेराश्चेन्कोले बताए ।

किभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा ६ जनाको मृत्यु समेत भएको छ ।

यता, युरोपेली युनियनले रुसविरुद्ध नयाँ र अत्यधिक कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपियन युनियनकी अध्यक्ष उर्सुला वोन डेर लियेनले यसलाई युरोपका लागि महत्वपूर्ण बताएको छ ।

प्रतिबन्ध असाध्यै व्यापक छ । आर्थिक क्षेत्र, ऊर्जा, यातायात र रुसको शासनसँग जोडिएका कुलीन वर्गका भिसामाथि प्रतिबन्ध लगाइएको छ ।

इयू प्रमुखले प्रतिबन्धका कारण रुसको तेल रिफाइनरीका लागि प्राविधिक र विमानस्थलका स्पेयर पार्टस्को खरिद असम्भव हुने बताएकी छिन् । इयू प्रमुखले ट्वीट प्रतिबन्धले मञ्जुरी पाएको र यसमा इयू पूर्ण रुपमा एकजुट भएको ट्वीट गरेको छ ।

प्रतिकृया दिनुहोस