रुसको आक्रमणमा सेनासहित १३७ युक्रेनी नागरिकको मृत्यु

Ukran aakaramn

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन् ।

रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ। आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ ।

आक्रमण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि विष्फोट भएको छ। युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ ।

साथै युक्रेन नव–नाजीहरुले सञ्चालन गरेको आरोप समेत पुटिनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा सैनिक शाशन लागु गरिएको घोषणा गरेका छन् । रुस माथि अमेरिका र बेलायतले नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जसमा बैंकहरूमा रहेको सम्पत्ति रोक्का गरिने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन माथि हतारमा गरिएको आक्रमणको रुसलाई महंगो पर्ने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस