नेपालमा थप ७४७ संक्रमित थपिए, ८ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट जम्मा ८६९६ जनामा गरिएको परीक्षणमा ७ सय ४७ जनामा संक्रमण देखिएको जनाएको हो ।

आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ । अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार तीन सय १९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार नौ सय दुई जना पुगेको छ । अहिले नेपालमा २० हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख १६ हजार ११८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २० हजार ७३९ जना सक्रिय सङ्क्रमित छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...