नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

Corona death

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४४७ जनाको पीसीआर परीक्षणमा६६६ र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२१५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टा सबैभन्दा धेरै काठमाडौंमा २०३ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका अन्य जिल्लाहरू ललितपुर र भक्तपुरमा क्रमशः ४५ र १७ संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा २९, कास्की २५, नुवाकोट २०, बाँके १९, झापा १८, सुनसरी १६ र दाङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...