कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, थप २४०१ जनामा कोरोना पुष्टि

Corona death

काठमाडौं । केही दिन यता नेपालमा कोरोना संक्रमण निरन्तर ओरालो आगेको छ । यद्यपि आज भने हिजोको चुतनामा कोरोना संक्रमण बढेको छ भने मृतकको संख्या पनि बढेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना क्रमण पुष्टि भएको छ । १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयले संक्रमणदर कम हुँदै गए पनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।

यसैबीच मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस