उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

Cyrupto

एजेन्सी । उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ ।

संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो ।

सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिएको छ ।

उत्तर कोरियाले गर्ने गरेको ह्याकिङसम्बन्धी अध्ययन प्रतिवेदन गएको शुक्रवार राष्ट्रसङ्घीय नाकाबन्दी कमिटीलाई बुझाइएको छ । ह्याकरले अमेरिका, युरोप र एसियाका कम्तीमा तीन वटा क्रिप्टोकरेन्सीमाथि निसाना लगाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...