पर्यटन प्रवर्द्धन गर्न ‘होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई गाउँपालिकाको २५ लाख सहयोग  

Bhusme homesty 1.jpg.jpg

काठमाडौँ । लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेको छ ।

पाँच वटा होमस्टेले २र२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

रकमबाट आवश्यकता अनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न पाइनेछ । दुई वटा ‘रक क्लाइम्बिङ’ लाई पनि बजेट दिइएको छ । मर्स्याङदी ४, च्याम्चेमा रहेको तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख र घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’ अध्ययनका लागि एक लाख बजेट दिइएको छ ।

ताङलीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख, भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख र पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...