होण्डुरसले पायो पहिलोपटक महिला राष्ट्रपति  

Xiomara castro hundoras

एजेन्सी । मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् ।

देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति थपिरहेका बेला कास्त्रोले शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शपथ ग्रहण समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने वाचा गरेकी छन् ।

६२ वर्षकी कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहहरुसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने बताएकी छन् । तर उनकी पार्टी लिब्रे भित्रको विवादले ती वाचाहरु पूरा हुनेमा भने शंका छ ।

कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो ।

कास्त्रोले गएको नोभेम्बरमा भएको चुनावमा जित हाँसिल गरेकी हुन् । त्यसअघि दुईपटक चुनाव लडे पनि जित्न सकेकी थिइनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...