राष्ट्रपतिलाई अपमान गरेको आरोपमा पत्रकार पक्राउ   

Gettyimages 491522210

एजेन्सी । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ ।

कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ । टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो । काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भयो र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको छ ।

सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रेस सेक्रेटरी ओमेर सेलिकले उक्त टिप्पणीलाई अनैतिक र मूर्खतापूर्ण भनेका छन् । शनिबार, टर्कीको अदालतले पत्रकारलाई गिरफ्तार गर्ने निर्णय गरेको सीएनएन टर्कले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...