एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था सामान्य

Kp oli corona

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । ‘कोरोना पुष्टि भएको खबर छ । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो ।

तर ओलीमा संक्रमण पुष्टि भएसँगै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ । ओलीको सचिवालयका अनुसार आजै प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...