कोरोनाको हटस्पट काठमाडौंमा संक्रमितको संख्या बढेको बढ्यै, थप ५३०६ जनामा कोरोना पुष्टि

Kathmandu valley

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहँदा देशभरको संख्याको झण्डै आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाभित्रैका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५ हजार ३ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या बिहीबारको तुलनामा चाँही धेरै कम हो । बिहीबा काठमाडौंमा मात्रै ५ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सो दिन ललितपुरमा १ हजार १ सय ३० र भक्तपुरमा ८ सय ५० जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौँमा ३ हजार ७ सय ६२ जना, भक्तपुरमा ४ सय ३४ जना र ललितपुरमा १ हजार १ सय १० जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै शनिबार कास्कीमा ४ सय, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...