पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना पुष्टि

Corona 1596087688 1597680755

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् । नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३,रुपन्देहीमा१४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यसअघि शुक्रबारसम्म बढीमा ४ जनाको मात्रै मृत्यु भएको थियो । तर, आज एक्कासी मृतकको संख्या ह्वात्तै बढेको हो ।

शुक्रबार ३ कोरोना संक्रमितको मृत्यु भएकोमा शनिबार एकैदिन १६ जनाको मृत्यु भएको छ । तेस्रो चरणको यो महामारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यो धेरै हो । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...