फेब्रुअरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई खोप लगाउने तयारी  

Japan corona1641896132

काठमाडौं । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए। 

देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उनले सवैलाई अनुरोध गरेका छन्। उनले बयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिए।बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र बयस्क तथा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उनको भनाइ छ। 

उनले महामारी दिन प्रतिदिन तिव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि गरे। जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...