साउदी अरबकी राजकुमारी बास्मा बिन्त तीन वर्षपछि रिहा

Saudiki rajkumari  basma bint

काठमाडौं । साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन् । सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो ।

राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बास्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा परिचित छिन् ।

बिना कारण कारागार चलान गरिएको भन्दै साउदीको मानवअधिकार संस्थाले ब्यापक बिरोध गरेको थियो । उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै रिहा गरिएको बताइएको छ ।

तर, सरकारी अधिकारीहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...