रुसलाई अनावश्यक चासो नराख्न अमेरिकाको चेतावनी   

1606732689 2xzxs

एजेन्सी । अमेरिकाले रुसले आफ्ना समर्थकमाथि आक्रमण गरे निर्णायक रूपमा त्यसको जवाफ दिने चेतावनी दिएको छ । युक्रेनसँग रुसको सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भएको टेलिफोन वार्तामा यस्तो चेतावनी दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका र साझेदारहरूले निर्णायक प्रतिक्रिया दिने स्पष्ट पारेका हुन् । 

ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन् ।

टेलिफोन कुराकानीपछि जेलेन्स्कीले ट्वीट गर्दै यस्ता किसिमको कुराकानीले दुई देशको सम्बन्धको ‘विशेष प्रकृति’ प्रमाणित गर्ने प्रतिक्रिया दिएका छन् ।

उच्च पदस्थ अमेरिकी र रुसी अधिकारीहरूले जनवरी ९ र १० मा जेनेभामा रुस र यूक्रेनबीच जारी संकटको बारेमा छलफल गर्नका लागि बैठक गर्दैछन् । रुस–नाटो परिषद्को वार्ता र युरोपमा सुरक्षा र सहयोग संगठनको बैठक पनि हुने भएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती बैठकहरू अघि संकट समाधानका लागि कदम चाल्नु पर्नेमा जोड दिएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...