कश्मीरको माता बैष्णो देवी मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु

Mandir bhagdaud

एजेन्सी । भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भारत प्रशासित कश्मीरको माता बैष्णो देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् । बिदाका कारण शनिबार मन्दिर जाने तिर्थालुको संख्या अन्य दिनभन्दा धेरै थियो ।

मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेको थियो । महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ । तर, शनिबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...