जम्मु–कश्मीरमा भागदौड हुँदा १२ जनाको मृत्यु, २० घाइते

Jammu kasmir

एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरस्थित माता वैष्णो देवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । नयाँ वर्षको दिन श्रद्धालुहरुको अत्यधिक भिडभाडमा भागदौड मच्चिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले भागदौडमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटना बिहान पौने तीन बजे भएको थियो । यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहको बाहिर भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

सामान्य विवादमा तीर्थयात्रीले एकअर्कालाई धक्का दिन थालेसँगै भागदौड सुरु भएको बताइएको छ । घटनामा मृत्यु हुने वा घाइते हुनेको अझै पनि यकिन संख्या आउन नसकेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सो घटनामा मृत्यु हुनेको परिवारलाई २÷२ लाख राहत प्रदान गर्ने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 

सो घटनामा ज्यान गुमाउनेहरुमा दिल्ली, हरियाणा, पञ्जाव र जम्मू कश्मिरका सर्वसाधारण रहेका छन् ।
 

प्रतिकृया दिनुहोस