चीनमा फेरि लकडाउन

Corona update

एजेन्सी । चीनको सियान सुहरमा फेरि लकडाउन घोषणा गरिएको छ।

कोभिड-१९ काे संक्रमण फैलिएपछि १३ मिलियनभन्दा बढी जनसंख्या रहेको सहरमा मानिसहरुलाई घरमा नै बस्न निर्देशन दिइएको हो।

९ डिसेम्बरयता सियानमा १४३ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसैले हाल दैनिक लाखौंको संख्यामा सहरमा कोरोना परीक्षण हुँदै आएको छ।

बुधवार जारी नयाँ नियम अन्तर्गत एक घरबाट दुईदिनमा जम्मा एकजनामात्रै दैनिक उपभोग्य वस्तु किन्न जान पाउनेछन्। अत्यावश्यक कामका लागि बाहेक कसैलाई पनि बाहिर निस्कन स्थानीय अधिकारीहरुको स्वीकृति चाहिन्छ।

विश्वभर ओमोक्रन संक्रमण फैलिरहँदा चीनले संक्रमणको ‘आउटब्रेक’ हुन रोक्न ‘जिरो कोभिड स्ट्राटिजी’ अपनाएको छ।

सन् २०२२ को फेब्रुअरीमा चीनमा हुने तय भएको ‘विन्टर ओलम्पिक’लाई मध्यनजर गर्दै चीन ‘हाइ अलर्ट’ मा छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

किशोरीहरुलाई दिइयो आत्मरक्षा तालिम

Vaktapur news

भक्तपुर । भक्तपुरका ४४ जना किशोरीहरुलाई पाँंचदिने आत्मरक्षा तालिम दिइएको छ । तालिममा सहभागी किशोर...