कोरोनाको नयाँ भेरियन्टको नाम राखियो ‘ओमिक्रोन’

Coronavirus

एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ ।

प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको जनाएको छ । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ भएको पनि बताएको छ ।

अन्तराष्ट्रिय समाचारअनुसार ‘बि.१.१.५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोमिख बढी रहेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।

नयाँ भेरिएन्टको समाचार बाहिरिएसँगै युरोपेली युनियन र बेलायतलगायतकाले दक्षिण अफ्रिकी मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाउने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...