पोर्चुगलमा कार्यालय समयबाहिर कर्मचारीलाई इमेल र म्यासेज गर्न प्रतिबन्ध

Phone computer

काठमाडौँ । पोर्चुगलले कार्यालय समयबाहिर आफ्ना कर्मचारीलाई इमेल पठाउन र म्यासेज गर्न प्रतिबन्ध लगाएको छ । त्यहाँको नयाँ कानुनले कर्मचारीको ‘आराम गर्ने अधिकार’लाई सुनिश्चित गर्न यो व्यवस्था गरेको हो । काम र व्यक्तिगत जीवनको सन्तुलनका लागि आफ्नो देशमा यो नियम लागू गरेको हो ।

कर्मचारीको करारमा तोकिएको कार्यालय समयबाहिर कम्पनीहरूले कर्मचारीलाई आफ्नो व्यक्तिगत जीवनका लागि छाडिदिनुपर्छ । १० जनाभन्दा धेरै कर्मचारी भएका कम्पनीले नियम उल्लंघन गरेमा जरिवाना तिर्नुपर्नेछ ।

नयाँ नियमले बालबच्चा भएका कर्मचारीले कार्यालयमा नआइ घर वा अन्य पायक पर्ने स्थानबाट पनि काम गर्न पाउने व्यवस्था गरेको छ । बच्चा आठ वर्षको नहुँदासम्म कर्मचारीले कार्यालयमा पूर्व स्वीकृति नलिइ घरबाटै काम गर्न सक्छन् । यस्तो अवस्थामा बरु कार्यालयले कर्मचारीहरूलाई विद्युत् र इन्टरनेटको बिल तिरिदिनसक्नछन् ।

घरबाट काम गर्नेहरूलाई एकान्त अलग (एकान्त) को अनुभूति हुन नदिन कम्पनीले नियमित रूपमा बैठकहरू राख्ने अपेक्षा गरिएको छ । पोर्चुगलको संसदले कार्यालय समयबाहिर सबै उपकरण (डिभाइस) हरू बन्द गरेर ‘डिस्कनेक्ट (सम्पर्क विच्छेद) गर्ने अधिकार’ लगायत केही पक्षहरू भने अनुमोदन गरेको छैन ।
पोर्चुगलका श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना मेन्देस गोदिन्होले लिस्बनमा आयोजित सम्मेलनमा ‘भर्चुअल कामको अधिकार रूपान्तरणकारी’ भएको बताएकी छन् । तर यसको विस्तारलाई भने नियमन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

यसले श्रमिक संरक्षणमा मद्दत पुग्ने आशा व्यक्त गर्दै उनले धेरै विदेशी कामदारलाई पोर्चुगलमा कामका लागि आकर्षित गर्ने बताएन् । ‘बाह्य देशमा डिजिटल माध्यमबााट काम गर्ने (गिग वर्कर)हरूलाई पोर्चुगलमा संसारको उत्कृष्ट गन्तव्य हुनेछ,’ उनले भनिन् ।

फ्रिलान्सर र उद्यमीहरूका लागि पोर्चुगलतमा अस्थायी बसोबासका लागि भीसाको व्यवस्था गरिसकेको छ । पोर्चुगिज क्षेत्रको स्वायत्त टापु मादेइरामा निःशुल्क वाइफाइ र डेस्क सुविधा सहितको ‘डिजिटल फिरन्ते ग्राम’ को स्थापना गरेको छ । बार्बाडोस र क्रोएसिया लगायतका देशहरूले पर्यटक अनुमति मापदण्डसहितको यस्ता भीसाको व्यवस्था गरेका छन् । (बीबीसीबाट)

प्रतिकृया दिनुहोस