खुम्बु क्षेत्रमा बेपत्ता भएका ३ फ्रान्सेली नागरिकको शव भेटियो

Himal arohan l9o5inbrwg

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव भेटिएको छ ।

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । 

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले ती फ्रान्सेली नागरिकको शव फेला पारे पनि उद्धार भने आजदेखि खटिएका तालिम प्राप्त फ्रान्सेली नागरिकको टोलीले गरेको हो । 

शवलाई अहिले लुक्लामा राखिएको छ । माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक गएको कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...