सेरालियोनमा ट्यांकर विस्फोट हुँदा ९१ को मृत्यु, १०० भन्दा बढी घाइते

Serayolian bisfot

सेरालियोन । सेरालियोनको राजधानी फ्रीटाउनस्थित तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । अरु १०० भन्दा धेरै घाइते भएका छन् ।

सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ । घाइतेहरूलाई अहिले नजिकका अस्पतालमा भर्ना गरिएको छ । कार्यवाहक स्वास्थ्यमन्त्री अमरा जम्बाइका अनुसार १०० भन्दा धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटना निकै डरलाग्दो भएको अधिकारीहरूले जनाएका छन् । साथै राष्ट्रपति जुलियस माडा बायोले घटनाप्रति दुख व्यक्त गर्दै आफू पीडितको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले पीडित परिवारलाई जतिसक्दो सहयोग गर्ने बताए ।

ट्यांकर विस्फोटको दृश्यका तस्बिर तथा भिडियो समेत यतिबेला सामाजिक सञ्जालमा व्यापक रुपमा पोस्ट गरिएका छन् । यसअघि २०१९ मा पूर्वी तान्जानियामा यसैगरी ट्यांकर विस्फोट हुँदा ८५ जनाको मृत्यु भएको थियो । साथै २०१८ मा कंगोमा भएको यस्तै ट्यांकर विस्फोटमा ५० जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस