विद्रोहीका गतिविधि बढ्न थालेपछि इथियोपियामा संकटकालको घोषणा  

Capture 985

एजेन्सी । इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरुले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रुपमा संकटकालको घोषणा गरेको हो ।

पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि तीव्र पारेपछि त्यसलाई नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।

अघिल्लो हप्ता राजधानी क्षेत्र कब्जा गर्ने भन्दै टिग्र समूहले विभिन्न शहरबाट र्यालीसहित मार्चपास गर्दा सरकारी सेनासँग झडप भएको थियो ।

विद्रोही टिग्रेका लडाकूहरुले हालैका दिनमा छिमेकी अम्हरा क्षेत्रका रणनीतिक शहरहरु डेसी र कोम्बोल्चा नियन्त्रणमा लिएसँगै अन्य क्षेत्रमा पनि बढ्ने संकेत पाएसँगै त्यहाँको सरकारले संकटकालको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

इथियोपियाका न्यायमन्त्री गेडियन टिमोथियोसले आतंकवाद नियन्त्रणका लागि संकटकालको घोषणा गरेको बताए । उनले सो संकटकालको उल्लंघन गर्नेलाई १० वर्षसम्म जेल सजाय हुने चेतावनी दिएका छन् ।

सरकारले राजधानीबाट चार सय किलोमिटरको दुरीमा रहेका प्रमुख दुई शहर नियन्त्रणका लागि विद्रोहीको प्रयास असफल पार्न सैन्य संघर्ष जारी रहेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...