जलवायु परिवर्तनको समस्या समाधानमा जुट्न राष्ट्रसंघका महासचिव गुटेरसको आह्वान

Capture dssc

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तन र कोरोना भाईरसको समस्या समाधानका लागि एकजूट हुन आह्वान गरेका छन् ।

इटलीको रोममा जी ट्वान्टी सम्मेलन शुरु हुनु अघि उनले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तनको खतरनाक समस्या हल गर्न र कोरोनाको खोप वितरणको असमानता हटाउन आह्वान गरेका हुन् ।

उनले ठूला शक्ति राष्ट्रहरुबीच देखिएको भयंकर अविश्वासको वातावरण नै समस्या समाधानको अवरोध भएको भन्दै उनले जलवायु परिवर्तनको समस्या समाधान गर्न ब्यापक राजनीतिक इच्छाशक्तिको जरुरी देखिएको उल्लेख गरे ।

विश्वको कुल गाहस्र्थ उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने जी ट्वेन्टी राष्ट्रका नेताहरुको सम्मेलनले भोलिदेखि बेलायतको स्कटल्याण्डमा शुरु हुने विश्व जलवायु सम्मेलनबारे धारणा तय गर्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरसले विकासशील राष्ट्रहरुलाई बार्षिक १ सय अर्ब डलरको सहायत उपलब्ध गराएर उनीहरुको जलवायु अर्थतन्त्रलाई सहयोग गर्न र विश्व तापमानलाई २ दशमलव ७ डिग्रीबाट तल झार्न पनि आह्वान गरे । कोरोना भाइरसको खोप वितरणमा भईरहेको असमानताको पनि उनले भत्र्सना गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...