बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आक्रमण, सातजनाको मृत्यु  

Bangladesh

एजेन्सी । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा सातजनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार बंगलादेश–म्यानमार सीमाक्षेत्रमा रहेको शरणार्थी शिविरमा उक्त आक्रमण भएको हो।

बंगलादेशको प्रहरीले दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेमध्ये केहीलाई गोली प्रहार गरिएको थियो भने अन्यमाथि चक्कु प्रहार गरिएको थियो।

आक्रमणमा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भन तीन जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले यो घटनामा कति मानिस घाइते भएका छन् भन्ने जानकारी भने दिएको छैन। 

‘हामीले एक आक्रमणकारीलाई यो घटना भएपछि तत्कालै पक्राउ गरेका छौं’, क्षेत्रीय प्रहरी प्रमुख शिहब काइसर खानले भने।

उनका अनुसार पक्राउ परेका मानिससँग एउटा बन्दुक र एउटा चक्कु पनि बरामद गरिएको छ। तीन साताअघि रोहिंग्या समुदायका नेता मोहिबुल्लाहको उनकै कार्यालयअघि गोली हानी हत्या भएको थियो। 

पछिल्लो हत्या तथा आक्रमणका घटनापछि बंगलादेशका गृहमन्त्री असदुज्जामन खान कमालले कोक्स बजारस्थित रोहिंग्या शिविरमा सुरक्षा व्यवस्था बढाइने बताएका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...