पाकिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २० जनाको ज्यान गयो, २ सय बढी घाइते

Afpakearthquake

काठमाडौं । पाकिस्तानको बालो चिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको छ । आज बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको ज्यान गएको र दुई सय बढी घाइते भएका त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक नासिर नसिरको भनाइलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

यस्तै अमेरिकी भूगर्भ सर्वेक्षणले बालो चिस्तान प्रान्तको क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्रमा भूकम्पको इपिसेन्टर रहेको र इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको जनाएको छ ।भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् भने सयौँ बढी नागरिक घरबार विहीन भएका छन् ।

यस्तै ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् । क्वेटा क्षेत्रमै सन् १९३५ मा ७ दशमलव ७ म्याग्नेच्युडको भूकम्प जाँदा ३० देखि ६० हजारबो बीचमा मानिसले ज्यान गुमाएका थिए । त्यसलाई इतिहासमै दक्षिण एसियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...