भारतको लखिमपुरमा हिंसात्मक झडपमा ४ किसानसहित ८ जनाको मृत्यु, प्रियंका गान्धी पक्राउ

India vidanta

काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सोमबार बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । लखिमपुर खिरीमा भइरहेको प्रदर्शनका क्रममा केही किसानहरू मारिएको बताइएको छ । विरोध प्रदर्शनका क्रममा ८ जना किसानको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतका केन्द्रीय राज्य मन्त्री अजयकुमार मिश्रका छोरा आशिषले धर्नामा बसेका किसानहरूमाथि कार कुदाएपछि चार जनाको मृत्यु भएको आरोप लागेको छ। त्यसपछि हिंसा भड्किँदा थप चार जना गरी आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतकका परिवारलाई भेट्न जाने क्रममा गान्धीलाई हिरासतमा लिइएको र त्यसक्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच सामान्य झपड पनि भएको बताइएको छ । भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा केही किसानको मृत्यु भएपछि लखिमपुर तनावग्रस्त छ ।

उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन्त्री अजय मिश्रका छोरा आशिषको गाडीले कुल्चिएर किसानको मृत्य भएको दाबी गरिएको छ । प्रहरीले आशिषविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ । आशिषसमेत १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लखिमपुर खिरीमा आइतबारको किसान आन्दोलनबीच भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...