अदालत भित्रै गोली चल्दा भारतमा ३ जनाको मृत्यु   

Shooting rohini

एजेन्सी । भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा अदालत प्रवेश गरेका थिए ।

उनीहरुले ग्याङस्टार जितेन्द्र गोगीलाई अदालतमा पेश गर्न लगेको समयमा कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै ग्याङस्टार गोगीमाथि गोली चलाएका थिए ।

आक्रमण भएपछि भागदौड हुँदा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस